प्रेस चौतारी रौतहटको अध्यक्षमा अशोक पहाडी

७, फागुन रौतहट । प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षमा अशोक कुमार पहाडी चयन भएका छन्। रौतहटको चन्द्रनिगाहपुर स्थित होटल हिमालयनमा मंगलवार सम्पन्न प्रेस चौतारी रौतहटको ८ औँ अधिवेशनले पहाडीलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो।

त्यस्तै उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा मञ्जु मानन्धर, सचिवमा दोस्रो पटक मुकेश साह, सहसचिवमा राकेश कुमार यादव, सहसचिव समावेशीमा दीपेन्द्र रजक,कोषाध्यक्षमा अशोक कुमार यादव चयन भएको निर्वाचन अधिकृत केसी लामिछानेले बताएका छन्।

त्यसैगरी सदस्यमा रुपेश यादव, सरोज मिश्रा, केन्द्रीय परिषद् सदस्यमा उत्तम उपाध्याय, महिला तर्फ अपर्णा झा चयन भएकी छिन् । चौतारीको आगामी बैठकले थप ४ जना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन अधिकृत लामिछानेले जानकारी दिएका छन् ।

त्यसैगरी सदस्यमा रुपेश यादव, सरोज मिश्रा, केन्द्रीय परिषद् सदस्यमा उत्तम उपाध्याय, महिला तर्फ अपर्णा झा चयन भएकी छिन्। चौतारीको आगामी बैठकले थप ४ जना कार्यसमिति सदस्य मनोनयन गर्ने निर्वाचन अधिकृत लामिछानेले जानकारी दिएका छन् ।