सुनको मूल्य फेरि उच्च विन्दुमा

८, फागुन काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो ।

यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।