अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गरौं : उपप्रधानमन्त्री सिंह

१२, फागुन काठमाडों । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताएका छन् सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गदै उनले यस्तो बताएको हो ।

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापरिक भवनले यो क्षेत्रको आर्थीक गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरुले यहीँ बसेर आफूले उत्पादन गरेको सामग्री, खाद्य पदार्थदेखि सबै स्थानीय उत्पादनहरुलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रुपमा यो भवन रहनेछ,’’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरुले उपयोग गरे संसारभर प्रचारप्रसार गर्नसक्छन् ।’’

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटनलगत्तै नगरपालिकालाई हस्तान्तरण गरेको थियो । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम शहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

‘‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरी यहाँहरुले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।,’’ उपप्रधानमन्त्री सिंहले भने ।