
१४, फागुन काठमाडौं । गल्छी गाउँपालिका-३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्यांकर लिएर गएको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका(६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।
आदम घाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । मृतकसहित चार जना ट्यांकरमा चढेका थिए । ट्याक्टर चालक गजुरी गाउँपालिका-६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
