शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

१५, फागुन काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएको हो ।

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको सिंहको भनाइ छ ।