भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने

१५, फागुन काठमाडों । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको आँकलन गर्ने काम द्रुतगतिमा अगाडि बढेको दाबी गरेका छन् ।

उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनर्निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उनले बताए ।