भूकम्पका कारण डराएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचियो

१६ फागुन,काठमाडौं ।आज बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६ दशलमव १ म्याग्निच्यूडको भूकम्पका कारण डराएर भाग्ने क्रममा लडेर एक जना कैदीको हात भाँचिएको छ ।

भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिका,१ का वडाध्यक्ष साङ्बु लामाले पनि हालसम्म क्षतिबारे जानकारी नआएको जानकारी दिए । ‘ जानकारी लिने काम भइरहेको छ । खासै क्षति पुर्‍याएको देखिएन’, उनले भने ।

उनका अनुसार आत्तिएर भाग्ने क्रममा लडेर एक जना कैदीको हात भाँचिएको छ । भने कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको खबर छ ।

अहिले बिहान ६ बजेसम्मको प्राप्त विवरण अनुसार यो बाहेक अन्य कुनै मानवीय र ठूलो भौतिक क्षति नदेखिएको उनले बताए।
‘भूकम्पको क्षतिको बारेमा विस्तृत आउन बाँकी छ ।प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ’, उनले भने।