नेपाल राष्ट्रिय होटल व्यवसायी संघको अध्यक्षमा पदम योङहाङ लिम्बू पुनः निर्वाचित

सीता पौडेल (अर्चना)

१७ फागुन,काठमाडौं । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको अध्यक्षमा पदम योङहाङ लिम्बू पुनः निर्वाचित भएका छन् ।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको आज शनिबार काठमाडौंमा भएको प्रथम अधिवेशनबाट लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।संघको वरिष्ठ उपाध्यक्षमा समुन्द्र जि.सी.,उपाध्यक्षहरुमा  सुनिता पौडेल(महिला),भविश्यर दुबे,चन्द्र बहादुर बस्नेत,कमल बहादुर भण्डारी र सरोज आले मगर सर्वसम्मत चयन भएको नवनिर्वाचित उपाध्यक्ष भविश्वर दुबेले जानकारी दिए ।

यस्तै महासचिवमा शेर बहादुर थापा,उप–महासचिवमा तम बहादुर गुरुङ चयन भएका छन् ।

त्यस्तै सचिव पदमा ध्रुव बहादुर कार्की,शिवराज सापकोटा,सूर्य बहादुर खाती,पार्वता नेपाल (न्यौपाने) सर्वसम्मत रुपमा निर्वाचित भएको उपाध्यक्ष दुबेले बताए ।

यसैगरि कोषाध्यक्ष पदमा दिपक पौडेल चयन भएका छन् ।भने,सदस्यहरुमा रोमाकान्त पाण्डे (रुपन्देही ),केशव हुड्खोले (चितवन),अम्मेरजङ शाही,लेखनाथ खराल (गुल्मी),दिल बहादुर क्षेत्री (बाग्लुङ) खिम सेलिङ (काठमाडौं), रमेश अधिकारी (पाँचथर), एकदेव पाण्डे सन्दिप (गुल्मी) र बेद प्रसाद लोहनी सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष लिम्बुका अनुसार संघको मनोनित प्रकृयाबाट थप सदस्यहरु मनोनित गरि ५१ जनाको नयाँ कार्यसमिति बनाइनेछ ।यस अघि संघमा ७५ जनाको कार्यसमिति रहेकोमा समितिलाई चुस्त–दुरुस्त बनाउन सदस्य संख्या घटाइएको पनि उनले बताए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।