प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की निर्वाचित

मनिषा गुरुङ

१७ फागुन,काठमाडौं। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन् ।

हिजो शुक्रवार सम्पन्न दोस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।कमिटीको उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यसैगरि महासचिवमा भानुभक्त आचार्य निर्वाचित भएका छन् ।भने,कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् ।त्यसैगरि सचिवहरूमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा वीरेन्द्र भट्ट,शेरबहादुर विष्ट,सागर परियार,महेश कार्की,प्रेमसिंह विष्ट,मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा,रमित विक,उमेशसिंह धामी,सुनिता धामी,केसपुरा मल्ल, कृष्णप्रसाद जोशी,रेणुकाकुमारी परियार भरत साउद (आलोक),बहादुर साउद, भूमिदत्त तिवारी,दीर्घ खत्री,सीता ठगुन्ना,दीपा भण्डारी,एकेन्द्र महता,पार्वती ओड र धनबहादुर विक सर्वसम्मत चयन भएका छन् ।