नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेशको अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित

१९, फागुन काठमाडौं । नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेश अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पनन्न बागमती प्रदेशको दोस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । परिषदको उपाध्यक्षमा गोविन्द्रप्रसाद चौंलागाईं, सचिवमा सञ्जय आचार्य, उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा तथा कोषाध्यक्षमा अञ्जु केसी चयन भएका छन् ।

अधिवेशनमा नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध टु इन वानु रहेको बताए । ुतपाईंहरु पार्टीसँग नजिकबाट जोडिनुभएको छ, उनले भने, साथै तपाईंहरु बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ ।
पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरुसामु छ । तर, यसलाई असन्तुलित हुने छुट तपाईंहरुलाई छैन । यसलाई थप परिष्कृत बनाएर लैजानुपर्छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा। राजन भट्टराईले परिषदले समाजलाई नेतृत्व गर्नसक्ने खालका गतिविधिहरु गर्नुपर्ने बताए । राम्रा कामको तथ्यपरक र वस्तुपरक ढंगले राख्नसक्ने व्यक्ति अगाडि आउनुपर्छ, नेतृत्व चयनका सन्दर्भमा उनले भने । एमालेले विगतदेखि नै राजनीतिक दलहरुकै नेतृत्व गरिरहेको उनको तर्क छ । विगतमा हामीले जे गरेर आयौँ, अहिले अरु पार्टीले त्यही गरिरहेका छन्, उनले भने, पहिला विभाग भन्ने नाम नसुनेको नेपाली कांग्रेस अहिले ५५/५६ वटा विभाग बनाइरहेको छ, हतियारबाटै सबैथोक हुन्छ भन्ने ठान्ने माओवादी पनि हामीलाई नै पछ्याइरहेको छ ।यस हिसाबले नेकपा एमाले अगुवा पार्टी भएको दाबी उनले गरे ।

बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य डा। दिनेशचन्द्र देवकोटाले परिषदले बागमती प्रदेशमा कोरिरहेको समृद्धिको खाकालाई नयाँ आउने कमिटीले त्यसको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । नयाँ विचार र नयाँ सोचका साथ कसरी अघि बढ्न सकिन्छ रु भुइँमान्छेको अपेक्षा के हो रु स्थानीय तह र तिनका वडाहरु के मा केन्द्रित हुनुपर्छ र  लगायतका विषयमा परिषदको बागमती प्रदेशले काम गरिरहेको जानकारी उनले गराए ।

विचार र कार्यशैलीका हिसाबले पार्टीले हामीलाई खोजिरहेको छ, उनले भने, हामीले त्यसैअनुसारको दृष्टिकोण बनाएर आफ्ना गतिविधि अघि बढाउनुपर्छ । छरिएको पुँजीलाई एकीकृत गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने सवालमा पार्टीसँग एकाकार भएर कार्यक्रम सञ्चालन गर्नु परिषदको दायित्व भएको डा। देवकोटाले स्पष्ट पारे ।

त्यस्तै नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले राम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए । ुराम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको छ, उनले भने, यो प्रवृत्तिविरुद्ध बुद्धिजीवी परिषद खरो रुपमा उत्रिन जरुरी छ, समाजभित्रको अराजकता तोड्न बुद्धिजीवीको ठूलो भूमिका रहन्छ ।

मिसन ८४ का लागि कार्यक्रम नै बनाएर कार्यान्वयनमा जानुपर्ने धारणा ढुंगेलले राखे । कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय सचिव डा। दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष डा। लाक्पा सेर्पा, उपमहासचिव सुशील विकलगायत परिषदका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको उपस्थिति रह्यो ।