जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२३, फागुन काठमाडौं । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २५ मिनेट जाँदा नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।