जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

२३, फागुन बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गरेको हो ।

नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याए ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राखे ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको बताए ।