शिक्षालाई प्रविधिसँग जोडिनुपर्छ : प्रधानमन्त्री ओली

२३, सुर्खेत फागुन । प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ ।,’’ उनले भने । डिजिटल शिक्षा आजको आवश्यकता भएको समेत उनले बताए ।