आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

२९, फागुन काठमाडों । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनरचट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भने, “प्रि(मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जनरचट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।