
१२, चैत काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा नियुक्त भएका प्युठानका थापालाई पद तथा गोपनीयताको शपथ पनि गराएका छन् । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने मन्त्री पौडेलको विश्वास छ ।
