महानगरले जफत गरेको सामान फिर्ताको माग गर्दै डिपोमा कवाड व्यवसायीले दिए धर्ना

१२, चैत काठमाडौं । कवाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको टेकु डिपोमा धर्ना दिएका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिकाले जफत गरेको साइकल र सामान फिर्ताको माग गर्दै टेकु डिपोमा धर्ना दिएका हुन् । उनीहरूले आज आफ्नो कमाइ खाने साधन खोसेर राखेको भन्दै आज महानगरको डिपोमै धर्ना दिएको संर्घष समितिले जनाएको छ ।

महानगरले आफूहरूमाथि ज्यादती गरिरहेको भन्दै कवाड व्यवसायीले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आइरहेको छ ।