अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवा : स्वास्थ्यमन्त्री

२२, चैत काठमाडों । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गदैँ स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएका हुन् ।उनले भने , हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ ।

यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकी यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्नेकुरा संसारमा फिँजिनु पर्दथ्यो ।’’

उहाँले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे । मन्त्री पौडेलले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताउनुभयो । उनले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए।