
सीता पौडेल (अर्चना)
६ वैशाख, काठमाडौं । सञ्चारिका समूह नेपालको नवौ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन्।

शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई ६२ मतले पराजित गर्दै पन्थी निर्वाचित भएकी हुन्।पन्थी १४९ मत प्राप्त गर्दै विजयी हुँदा सुनारले जम्मा ८७ मत प्राप्त गरिन्।
त्यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित भएकी छन् । सो मतसहित बास्तोला निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गरिन् ।
यस्तै सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।
सचिवमा भने उर्वसी बस्न्यात १०७ मत ल्याएर सचिव पदमा निर्वाचित भएकी छन् । उनी निकटतम प्रतिस्पर्धी नुनुता राईको भन्दा ४ मत बढी ल्याएर निर्वाचित हुन सफल भएकी हुन् ।राइले १०३ मत प्राप्त गरिन् ।
यसैगरि कोषाध्यक्षमा साजना तामाङ १२० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गरिन् ।
त्यसैगरि सदस्यहरूमा तारा चापागाई,दीपा रेग्मी,कालिका शिवाकोटी,सम्झना वन,अजवी पौड्याल,कल्पना शर्मा, देवी साकोटा र विष्णु पन्थी निर्वाचित भएका छन् ।
सञ्चारिका
समूहको सो नवौं महाधिवेशनमा पदाधिकारीमा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको हो ।
पन्थी प्रेस चौतारी निकट हुन् ।उनी यस अघिको आठौं महाधिवेशनमा निवर्तमान अध्यक्ष बिमला तुम्खेवासँग पराजित भएकी थिईन । यस्तै प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्यसमेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुन् ।
उनले चौतारीबाट बागी उम्मेदवार दिएका कारण चौतारीले संगठनको साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको जनाएको छ ।
यस्तै उपाध्यक्षमा निर्वाचित बास्तोला प्रेस चौतारि निकट हुन् ।उनी यस अघिकी महासचिव हुन् । कुँवर यस अघि कार्यसमिति सदस्य थिईन । प्रेस चौतारीकी निवर्तमान सचिव कुवँरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको जनाएको छ ।
निर्विरोध महासचिवमा निर्वाचित भएकी खनाल युनियन निकट हुन् ।त्यसैगरि सचिव बस्न्यात चौतारी निकट हुन् । राई सेन्टर निकट हुन् ।त्यस्तै तामाङ युनियन निकट र ढकाल सेन्टर निकट हुन् ।
सञ्चारिका समूहको सदस्यमा निर्वाचित चापागाई र रेग्मी प्रेस चौतारी निकट हुन् । उनीहरुलाई पनि बागी उम्मेदवारी दिएको भन्दै चौतारीले संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ। चापागाई प्रेस चौतारीको भर्खरै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी थिईन् ।
