
७, वैशाख काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउन सबै शिक्षक-कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

