
१३, वैशाख काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।
तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले भने, ‘हामी औपचारिक छलफल र संवादमा छौँ ।
निष्कर्षमा पुगेका छैनौँ । हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’ उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए ।
