बाढीसम्बन्धी पूर्व सूचना दिन साइरन जडान

१४, वैशाख काठमाडौं । नासो गाउँपालिका-१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।

गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु. २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहीन बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए ।

बाढीले सबैभन्दा बढी नासो गाउँपालिका–१ ताल गाउँमा क्षति पु¥याएको थियो । नासो(१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् ।

मर्स्याङ्दी नदी किनारसँगको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटक पटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।