एमाले सचिवालय बैठक बस्दै

२१, वैशाख काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतवार) बस्ने भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे उक्त बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा विधान संशोधनलगायतमा छलफल हुने बुझिएको छ ।