नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ आज

२१, वैशाख काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादर गर्बुजाले आइतवार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

उनलाई आज बिहान १० बजे सिंहदरवामा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि उनलाई १७ गते नियुक्त गरेका थिए ।