
२३, वैशाख काठमाडौं । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।
वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ ।
जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ । जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ
