
२३, वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बद्रीनारायण धामको मंगलबार अवलोकन गरेपछि उनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । “बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिने छु,” उपप्रधानमन्त्री सिंहले भने।
समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उनको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ(आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे। समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो ।
