बिल गेट्ससँग विनोद चौधरीको भेट

२३, वैशाख काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स(२०२५ ) पिएए-२०२५० को अवसरमा मंगलबार विश्वविख्यात धनाढ्य एवम् समाजसेवी तथा माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ । उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बाल पोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स सँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।