प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँ : स्वास्थ्यमन्त्री

२५, वैशाख काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताए ।

स्वास्थ्य मन्त्री पौडेलले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको जानकारी दिए। उनतले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानुनमा भए पनि कार्यान्वयन हुन नसकेको बताए । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताए ।

‘‘हामीले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न सकेका छैनौँ । थुप्रै काम गरेका छौँ । तर यति धेरैको सहकार्य हुँदा यसको गति बढ्नुपर्ने हो । अलि परिणाममुखी हुनुपर्ने हो । त्यहाँ तालमेल मिलिरहेको छैन । आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन । परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न सकिएको छैन । कतिपय कुरा कानुनमा छ, कार्यान्वयन हुन सकेको छैन ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘कानुन पनि अपूर्ण भएको स्थिति छ । यो सबै पक्षलाई ख्याल गरेर हामी त्यस ढङ्गबाट अघि बढौँ ।