भ्रष्टाचार देशकै साझा समस्या हो : सांसद गैरे

२५, वैशाख काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् ।

यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे ।

‘एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो,’ उनले भने ।