कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ

२९, वैशाख काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताएका छन्। सोमबार सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गदै कर्णाली प्रदेश सुनिने मात्र नभएर देखिने गरी विकास गर्ने बताएका हुन् ।

उनले भने, ‘‘अहिलेसम्म कर्णाली सुनिने मात्र होइन्, विकट छ भन्ने मात्र होइन । पूर्वाधारमा बलियो बनाउछौँ । जनताले चाहे जसरी कर्णाली देखिने गरी विकास गछौँ ।’’ उनले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने पनि बताए ।

उनले सरकार सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै राष्ट्रिय एकताको प्रवर्धनमा पनि काम गरिरहेको बताए । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिले जनतालाई केन्द्रित गरेर अघि बढेको उनको भनाइ छ । उनले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै यसलाई अझै प्रभावकारी बनाइने उनले जानकारी दिए । एनटिभिलाई विश्वसामु पुर्‍याउने यसै वर्ष अंग्रेजी भाषामा प्रसारण गर्ने तयारी गरिएकाले पनि उनले जानकारी दिए ।

उनले कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने पनि बताए । खस भाषाको समाचार सुरुवाताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुद्धृढ गराउने दिशमा यो प्रयास ऐतिहासिक हुने बताए । समाचारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने उनको भनाइ छ ।