
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिएका छन् ।
दुई देशबिच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
