‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो’ : पर्यट मन्त्री पाण्डे

२९, वैशाख काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गरेका छन् ।

सोमबार २५६९ औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो ।

बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ ।’’ उहाँले बुद्ध करुणा, ज्ञान, सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको बताए।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे ।

उनले थप्दै भने, ‘‘हामीबिच रहेका विभिन्न, धर्म, संस्कृति वा भिन्नताभन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ ।