शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

११, जेठ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे समितिको बैठकमा बस्नेछ ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।