
१३, जेठ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । विपक्षी दलहरूले स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग समितिको माग गर्दै नारावाजी गरिरहे । विपक्षी दलहरूको अवरोधका बीच सभामुख देवराज घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए ।
तर, विपक्षी दलका सांसदले नारावाजी सुरु गरेपछि सभामुखले उनलाई आशन ग्रहण गर्न लगाए । र, बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।
