अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

१३, जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् ।

अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ ।