रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कुलमाया भगवती माविका २० छात्रालाई शैक्षिक सहयोग

सीता पौडेल 
१८ जेष्ठ,भक्तपुर ।रोटरी क्लब अफ काठमाडौं नर्थले यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षामा महत्वपूर्ण योगदान दिंदै भक्तपुरको कुलमाया भगवती माध्यमिक विद्यालय,सिरुटारका २० जना छात्राहरूको पढाइमा सहयोग गरेको छ।
यस कार्यक्रम अन्तर्गत छात्राहरूलाई  ४० थान पोशाक,२० थान ट्राकसुट, ४० जोर जुत्ता ,२० थान स्कुल ब्याग र एक वर्षसम्म पुग्ने आवश्यक शैक्षिक सामग्री लगायतको सहयोग प्रदान गरिएको क्लबका आइपीपी (इमिडेट पाष्ट प्रेसिडेन्ट) एवम् कार्यक्रम संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । 
क्लबले  रोटरी वर्ष २०२२–२०२३ देखि सो विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना छात्राहरूलाई  निरन्तर रुपमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो।क्लबले शनिबार  विद्यालय परिवार,सम्बन्धीत विद्यार्थी र उनिहरुका अभिभावकहरुविच  विद्यालयमा कार्यक्रमको आयोजना गरेर उक्त सहयोग प्रदान गरेको आइपीपी घिमिरेले जानकारी दिनुभायो । 
रोटरीले शक्षा,स्वास्थ्य,लगायतका सामाजिक विकासका विभिन्न ७ क्षेत्रहरुलाई जोड दिएर नीजि स्वार्थभन्दा माथी उठेर सेवा गर्दै आएको र तीमध्येमा पनि आधारभूत शिक्षा र साक्षरतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको क्लबका पाष्ट प्रेसिडेन्ट एवम् मेन्टर गोपालराज पोखरेलले बताउनुभयो ।
कार्यक्रममा पाष्ट प्रेसिडेन्ट पोखरेलले क्लबका हरेक सदस्यले एक जना छात्रालाई शिक्षामा साथ र सहयोग दिने रहर र इच्छा अनुसार क्लबले विगत ३ वर्षदेखि ती २० जना छात्राहरुलाई हरेकको व्यक्तिगत सहयोगले कार्यक्रम गर्न सकिएको  भन्दै क्लबका आफना सदस्यहरुको खुलेर प्रसंसा गर्नुभयो ।साथै उहाँले यसको सदुपयोग गरि विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड देओस् भन्ने  विद्यालय परिवारमाझ आफ्नो चाहना व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लबका सेक्रेटरी वाशुदेव श्रेष्ठले शिक्षा नै मानिसको चौतफी विकासको दिरिलो आधार भएको र यसले दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  विश्वासका साथ रोटरीमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताउनुभयो।आर्थिक रूपमा कमजोर छात्राहरूको शिक्षामा पहुँच सुनिश्चित गर्नु कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई थियो।
क्लबका पाष्ट प्रेसिडेन्ट गौतमप्रसाद खनालका अनुसार,शिक्षा नै दीर्घकालीन विकासको आधार हो भन्ने विश्वासका साथ यस्ता कार्यक्रमहरू अघि बढाइएको र यस्ता कार्यक्रमहरुलाई क्लब निरन्तर रुपमा सञ्चालन गर्ने योजना बनाएको छ।
यसैगरि कार्यक्रममा क्लबका पाष्ट प्रेसिडेन्ट उत्तम खड्काले क्लबले यसका अलवा विभिन्न स्कुलका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरुसमेत प्रदान गर्ने गरेको छ ।रोटरीले शैक्षिक प्रवद्र्धनसँगै विश्वशान्ति र द्धन्द निवारण,मातृ–शिशु स्वास्थ्य,रोग निवारण र उपचार,आर्थिक तथा सामुदायीक विकास,वातावरण संरक्षणलगायतका विभिन्न क्षेत्रमा जोड दिइ काम गर्दै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा क्लबका अर्का पाष्ट प्रेसिडेन्ट गणेश पौडेल,अघिल्लो रोटरी वर्षका ट्रेजरर निकेश स्थापित र प्रेसिडेन्ट नोमिनी (आगामी वर्षका प्रेसिडेन्ट) प्रदिप थापाले रोटरीले शैक्षिक प्रवद्र्धनमा,छात्राहरुको शिक्षामा साथ, विद्यालय निर्माण,छात्रावृत्ति,शैक्षिक सामाग्री वितरण,टिच लगायतका कार्यक्रमहरु गदै आइरहेको छ ।भने,स्वास्थ्यमा पोलियो उन्मुलन,अस्पतालका लागि स्वास्थ्य सामग्री वितरण,सुरक्षित सुत्केरी सेवा,निःशुल्क स्वास्थ्य शिविर,लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यस्तै रोटरीले खानेपानी आयोजनाहरु,शौचालय निर्माण सरसफाई तथा विभिन्न चेतनामूलक कर्यक्रमहरु,सीपमुलक र रोजगार तालिम,लघुवित्त सहायता,महिला उद्यमशीलता प्रोत्साहन,भूकम्प,बाढी जस्ता विपद्मा राहत तथा पूनःनिर्माण,विभिन्न समुदायवीच आपसी समझदारी र मेलमिलापको पहल,वृक्षारोपण,हरियाली अभियान,जलवायु सचेतना,मानसिक स्वास्थ्य परामर्श सेवा वा सचेतनामूलक वर्कसप लगायतका कार्यक्रमहरुलाई आफ्नो सेवाक्षेत्रको प्राथमिकतामा राखेर निस्वार्थ रुपमा सेवामा जुटीरहेको उहाँहरुले बताउनुभयो  । 
२० जना छात्राहरुलाई शिक्षामा साथ दिएको भन्दै विद्यालयका प्रधानाध्यापक हेमन्त ढुंगानाले क्लबप्रति आभार व्यक्त व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास प्रकट गर्नुभएको थियो।साथै उहाँले विद्यार्थीहरुलाई आर्थिक अभाव वा अन्य कुनै कारणले पनि विद्यालय नछोडाउन अभिभावकहरुलाई आग्रहसमेत गर्नुभयो ।
कार्यक्रमकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद चौलागाइँले रोटरीयनहरुले आफ्नो व्यक्तिगत कमाईँको सहयोगबाट नै छात्राहरुको शिक्षामा सहयोग गरेको सुन्दा आफू निकै अभारी भएको र रोटरीयनहरुको यस प्रकारको सामाजीक सेवाको उच्च कदर गरेको  बताउ नु भयो ।साथै उहाँले यसको भरपुर सदुपयोग गर्न र गराउन पनि विद्यार्थी र अभिभावकलाई अग्रहसमेत गर्नुभयो ।
क्लबले छनौट गरेका २० छात्रा मध्येमा काठमाडौंको ढुंगेधारा,यराहिटी निवासी व्युटिसियन सम्झना श्रेष्ठले समेत एक जना छात्राको पढाइको लागि सहयोग प्रदान गर्नुभएको क्लबका प्रेसिडेन्ट नोमिनी सीतामाया पौडेलले बनाउनु भयो ।समुदायका व्यक्तिहरुले पनि रोटरीयनहरुको सेवाभावबाट प्रेरित भई यस प्रकारको सेवामा समर्पित हुने कार्यले आफूँलाई रोटरीयन हुनुमा गर्व लागेको सधैं रोटरीयन भएर सामुदायीक सेवामा लागिरहने भन्दै रोटरीमा जोडिन प्रेसिडेन्ट नोमिनी  पौडेलले सबैलाई आग्रह समेत गर्नुभएको छ ।
सो कार्यक्रमको व्यवस्थापनमा विद्यालयकी शिक्षिका शोभा कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।