
१८, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई मैत्रीपूर्ण नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।
प्रधानमन्त्री ओलीको निमन्त्रणा पत्र रसिया भ्रमणमा रहेका एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले महासचिव जुगानोभलाई हस्तान्तरण गरेका हुन् ।
महासचिवले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएको भट्टराईले जानकारी दिए । जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका अलावा नेपालका प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रसियन फेडरेशनका राजदूत जंगवहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारी उपस्थिति रहेका थिए ।
