दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

१८, जेठ काठमाडौं । गोरखा भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ ।

भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ बुङगद्योको मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने तयारी भइरहेको छ।

यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो।मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।