सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित

१९, जेठ काठमाडौं । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकले सास्ती व्यहोरेका छन् ।

सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमबार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौँ उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ ।