नेकपा (एमाले) बागमती प्रदेशस्तरीय प्रचार सञ्जाल गठन,राष्ट्रिय हितमा डिजिटल प्रचारको स्पष्ट कार्यदिशा तय

सीता पौडेल
२४ जेठ,भक्तपुर ।नेकपा (एमाले) बागमती प्रदेशमा १०१ सदस्यीय प्रचार सञ्जाल गठन भएको छ ।

एमाले बागमतीको प्रचार तथा प्रकाशन विभागद्वारा यहि जेठ २२ र २३ गते भक्तपुरको डोलेश्वरमा आयोजित प्रचार कार्यशालाबाट सो सञ्जालको औपचारिक गठन गरिएको एमाले बागमती प्रदेशकी उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनुभयो ।

प्रमुख लामाका अनुसार सो सञ्जालमा बागमतीको प्रचार तथा प्रकाशन विभागका पदाधिकारी तथा सदस्यहरु, सहभागी १३ वटै जिल्लाका जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा सचिवहरु,प्रेस चौतारी नेपालका,केन्द्रीय अध्यक्ष तथा माहासचिव,प्रेस चौतारी नेपाल–उपत्यका प्रदेशका अध्यक्ष तथा महासचिव, प्रेस चौतारीको १३ वटै जिल्लाका अध्यक्ष तथा सचिवहरु, विभिन्न जनसंगठनका अध्यक्ष तथा सचिवहरु लगायत सूचना तथा सञ्चारको क्षेत्रमा अब्बल व्यक्तित्वहरु आबद्ध सञ्जाल गठन गरिएको हो । सो सञ्जालले माक्सवार्द–लेनिनवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिबद्ध भइ पार्टीको सिद्धान्त,कार्यक्रम,नीति र विधानलाई आत्मसाथ गर्दै सूचना तथा सञ्चार क्षेत्रमा थप सक्रिय भई काम गर्ने विश्वास  आयोजकले लिएको उहाँको भनाई छ ।

यस्तै कार्यशालामा सचिव प्रेम दाहालले पार्टीको विचार,नीति,कार्यक्रम र उपलब्धीलाई प्रभावकारी ढंगले जनतासमक्ष पु¥याउने जिम्मेवारी सो सञ्जालले प्राप्त गरेको हुनाले प्रदेशभर नियमिति रुपमा जनसम्पर्क,जनचेतना र सशक्त राजनीतिक संवादमार्फत पार्टीको उपस्थितिलाई थप मजबुद बनाउने दिशामा सक्रिय रहने विभागको अपेक्षा रहेको  बताउनुभयो ।दुईदिने सो भेलामा सहभागीहरुलाई पार्टीको रणनीति,आमसञ्चार नीति,प्रचार र प्रविधि,नेपाली मिडिया र एजेण्डा सेटिङ,माक्र्सवाद र समाजवाद,प्रचारका माध्यमको प्रयोग,सामाजिक सञ्जालको भूमिका र सदुपयोग,सूचना सम्प्रेषणमा एआइको प्रयोग,जनस्तरमा सन्देश सम्प्रेशण गर्ने शैली वा विधि,जेनेरेशन जेडको सोच्ने तरिका र कार्यशैली,राजनीति र सञ्चार,नेकपा एमाले र मिसन ०८४को रणनीति एवम् सामाजिक सञ्जालका मिस इन्फरमेशन,डिस इन्फरमेशन र प्रपोगाण्डा,माक्सवार्द,समाजवाद र नेकपा एमालेको मिसन– ०८४ लगायतका विषयमा बिस्तृत छलफल भएको र एमाले बागमतीको प्रचार योजना तयार गरिएको कार्यशालामा सहभागी प्रेस चौतारी उपत्यका प्रदेश समितिकी अध्यक्ष सीता पौडेलले बताउनु भयो ।

अध्यक्ष पौडेलले प्रेस चौतारी र पार्टीको प्रचार विभागबीच पारदर्शी र आचारसंहितामा आधारित सहकार्य हुनु पर्ने  भन्दै एकअर्काको भूमिका र सीमानालाई बुझेर  अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो।प्रेस चौतारीमा आबद्ध व्यवसायीक पत्रकारहरुले समाजिक सद्भाव,नागरिक अधिकार,लोकतन्त्रको पक्ष लगायत समग्र राष्ट्रको हितमा काम गर्ने हुनाले पत्रकार स्वतन्त्रताको सम्मान र समर्थन गर्दै अगाडी बढ्न पनि पार्टी पक्तिलाई उहाँले अनुरोध गर्नुभयो ।

कार्यशालामा अध्यक्ष पौडेल लगायत चौतारीका सहभागी प्रतिनिधिहरुले पार्टीको प्रचार विभाग र प्रेस चौतारीबीचमा सूचना प्रवाह र संवाद संयोजन,पत्रकारका क्षमता अभिवृद्धि कार्यक्रम,मञ्चीय वहस र जनसंवाद,गुनासो सुनुवाइ संयन्त्र,दवावमूक्त पत्रकारिता सूनिश्चत जस्ता क्षेत्रहरुमा उच्चस्तरको समन्वय र सहकार्यको आवश्यकता औंल्याउनु भएको थियो।कायशालामा नेकपा (एमाले) का महासचिव पोखरेलको निर्देशनात्मक भनाईसँगै मन्त्री गुरुङ,उपमहासचिव ज्ञावली,प्रचार विभाग प्रमुख गौतम,नेता रिजाल,नेपाल प्रेसका सम्पादक मातृका पौडेल,एमाले बागमती एमाले) बागमती प्रदेशका सचिव सिलवाल, वरिष्ठ पत्रकार एवम् चौतारीका नेता दिपेन्द्र श्रेष्ठ,भुवन के.सी र.समिर बलामीले प्रशिक्षण दिनुभएको थियो ।

 

पछिल्लो समय नेकपा (एमाले) ले पार्टीको सङ्गठनात्मक ढाँचालाई चुस्त र दुरुस्त बनाउँदै पार्टीका कार्ययोजना र रणनीतिको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा जोड दिइरहेको छ ।एमालेलाई एकल बहुमतसहितको निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गरि समृद्ध नेपालःसुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने प्रतिबद्धताका साथ पार्टी कामलाई अगाडी बढाएको जनाएको छ । जसका कारण पछिल्लो समय एमालेमा जनताको विश्वास र भरोषा बढ्दै गएको र यसमा पनि युवाहरुको आर्कषण थपिएको एमालेको दाबी छ ।

एमालेले पार्टी विरुद्धको आकर्मणलाई निस्तेज गर्न, सामाजिक सञ्जालमा विरोधीहरुले गरेका कु–प्रचार र भ्रमपूर्ण सूचनालाई चिर्न , तिनीहरुको खण्डन गर्न,राम्रा काम र उपलब्धीहरुको ब्यापक प्रचार गर्ने लगायतका विषयमा जोड दिइ प्रचार–प्रसार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने रणनीति समेत तयार गरेर काम गरिरहेको जनाएको छ ।

विकास र शुसासनका पक्षमा सबै भन्दा उत्कृष्ट तरिकाले काम गर्न एमालेले आफ्ना निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।अनैतिक भ्रष्ट अचरण र अनुशासनहिन क्रियाकलाप नगर्न पनि आफ्ना नेता कार्यकर्तालगायत सबैलाई अनुरोध गरेको छ ।

एमालेले राष्ट्रिय हित र जनसरोकारका थप मुद्धाहरु पहिचान गरि जनदवाब वा जनपरिचालन गर्न योजनाबद्ध रुपमा अगाडी बढ्ने संकल्पका साथ अगाडी बढीरहेको र सोही अनुसार पार्टी कामलाई व्यवस्थित गरिएको जनाएको छ ।

एमालेले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि पार्टी,लोकतन्त्रीक प्रणाली,गणतन्त्र र संविधान व्यवस्थाका विरुद्ध नभएर भ्रष्टाचार,कुशासनर राजनीतिक बेथितिविरुद्ध भएको निक्र्याेल गर्दै आगामि दिनमा आफू पनि यसो हुन नदिन थप सचेत बन्ने र कसैलाई पनि राष्ट्रिय हितविरुद्ध औंला उठाउन समेत नदिने जनाएको छ ।

शुसासन,विकास र समृद्धिको यात्रालाई तिब्र बनाएर जनताको थप विश्वास जित्नेगरि काम गर्न सधैं प्रतिवद्ध र कटिबद्ध रहेको र जानेर कहिल्यै पनि राष्ट्रिय हितप्रतिकुल हुने काम नगरेको उपमहासचिव ज्ञावलीले उक्ता कार्यशालामार्फत उद्घोष् समेत गर्नुभएको छ ।