
२४,जेठ चितवन । देवघाट गाउँपालिकाले वडा नं–२ का साना किसानलाई मौरीका घार वितरण गरेको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ अन्तर्गत पालिकाले ८० प्रतिशत अनुदानमा किसानलाई मौरीका घार वितरण गरेको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले बाताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाले वडा नं–२ स्थित तालबारी र सिम्लेकका २८ जना किसानलाई तीन दिन मौरी पालनसम्बन्धी तालिम दिएपछि अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
किसानलाई व्यावसायिक मौरी पालनकै माध्यमबाट आत्मनिर्भर बनाउन र आर्थिकरुपमा विपन्न रहेका परिवारको आयस्रोत बढाउने पालिकाकाले लिएको छ।
वडा नं–२ का अध्यक्ष मीनबहादुर रानामगरले देवघाट गाउँपालिकाको वडा नं–२ कृषिका लागि ज्यादै उर्वर भूमि रहेकोले सो वडामा मौरी पालन व्यवसाय फष्टाउने बताउनुभयो ।
