‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

२५, जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतवार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।