
२८, जेठ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।
आज (बुधबार) छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।
