
२, असार काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।
आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
