
मनिषा गुरुङ
१२ असार, काठमाडौं ।
काठमाडौंको नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ का लागि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले मंगलबार ११औं नगरसभा अधिवेशनमार्फत उल्लेखित रकम बराबरको बजेट सार्वजनिक गरेको हो ।सो सभामार्फत कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले नगरको नीति तथा कार्यक्रमसँगै सो अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो।

प्रस्तुत बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,पूर्वाधार विकास,वातावरण संरक्षण,रोजगारी प्रवर्द्धन,डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता लगायतका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताउनुभएको छ।
यसले नगरको समग्र विकासमा थप टेवा पुर्याई समृद्ध नगर,सुखी नगरवासी बनाउने बाटोमा अगाडी बढ्न सजिलो हुने विश्वास लिइएको उहाँको भनाई छ ।


उक्त नगरसभामा बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकाश श्रेष्ठ,प्रदेशका पूर्व मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरू,कार्यपालिका सदस्यहरू, नगरपालिकाका कर्मचारीहरु लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो।



अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा भने पालिकाले २ अर्ब,५२ करोड ५० लाख रुपियाँको बजेट सार्वजनिक गरेको थियो।
