
मनिषा गुरुङ
१२ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालेको विनियोजित बजेट ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

बुधबार नगरपालिकाको सभाहलमा १६ औं अधिवेशनको चौथो बैठकले अघिल्लो बैठकमा पेश भएका आर्थिक विधेयक,विनियोजन विधेयक र आर्थिक वक्तव्य माथी छलफल गरि सुझाव संकलन समेत गरेर उक्त बजेट पारित गरिएको नगर प्रमुख मीठाराम अधिकारीले बताउनुभयो ।

यो बजेट गत आ.व.को विनियोजित बजेट ३ अर्ब २५ करोड रहेको थियो भने यस बर्ष बजेट २० करोड रुपैयाँले बढेको उपप्रमुख अनिता लामाले बताउनुभयो ।



