अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने

१८ साउन,काठमाडौं ।हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएकोमा
अब सेयर कारोबारमा ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशनसँगै नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।

अब ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ ।

साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका सेवाग्राहीलाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले समेत नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेका छन् ।