कक्षा १२ को नतिजा प्रकाशन हुँदै

१९ साउन,काठमाडौं ।कक्षा १२ को नतिजा आज सोमबार सार्वजिनक हुने भएको छ।

बोर्ड स्रोतका अनुसार यसका लागि ‘हिजो आइतबार डेमो गरिएको थियो।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो।तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।