प्रधानमन्त्री ओली स्वदेश फिर्ता

भदौ १९,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री सपत्नीसहितको टोली स्वदेश फर्किएको छ ।