एमालेको विधान महाधिवेशन आजदेखि सुरु,प्रतिनिधिलाई सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था

२० भदौं,काठमाडौंं।नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरू भएको छ।तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन्।

एमालेको यो दोस्रो विधान अधिवेशन हो।दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्।

बिजुलीका खम्बामा सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन्।भने,प्रतिनिधिलाई सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ। 

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ महाधिवेशनको मूल नारा रहेको छ।