
२० भदौं,काठमाडौंं । थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्न संसद्मा आज मतदान गरिने भएको छ।
देशमा जारी राजनीतिक संकट समाधानका निम्ति ठूला पार्टीहरूले नयाँ प्रधानमन्त्री चयन हुनासाथ चाँडै नै संसद् विघटन गरी आमनिर्वाचन गराउने प्रतिबद्धता गरिरहेका बताइएको छ।
देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो।
